चितवन, असार २७ । कालिका नगरपालिकामा असार १७ गते आएको बाढीका कारण निकै ठूलो क्षति भएको विभिन्न सञ्चार माध्यमहरुमा आइरहेको छ। स्थानिय सरकारले क्षतीको विवरण निकाल्न सुरु गरीसकेको छ तर पिडित स्थानियको गास, बासका लागि तत्काल राहतको ब्यबस्था भने गर्न सकेको छैन।
यतिबेला कालिका नगरपालिकाको सिद्धि क्षेत्रमा भने नगरपालिकाकै लाहुरे चोकमा अवस्थित रोयल जिम हाउस पिडीतको सहारा बनेको छ। चितवन सम्पर्क समिती दक्षिण कोरियाबाट प्राप्त सहयोग रकम बाट चरणबद्ध रुपमा राहत बितरण गर्दै आएको जिम हाउसले यस पटक भने चितवन सम्पर्क समिती द. कोरियाबाट पिडीतका लागि सहयोगार्थ रकममा आफैंले आर्थिक रुपमा सहकार्य गरि कालिका नगरपालिकाको पहाडी क्षेत्र सिद्धिमा बाढी र पहिरोबाट पिडीत भएका परिवारलाइ खाद्यान्न सहयोग गरेको छ।
एकसाता अघि कालिका नगरपालिकाको वडा नं १ स्थित शुन्दरबस्तिका ३५ परिवार बाढी पिडीहरुलाइ राहत उपलब्ध गराएको जिम हाउसले दोश्रो चरणमा भने कालिका वडा नं ८ का २, वडा नं ९ का ६, वडा नं १० का ३३ र वडा नं ११ का १७ परिवारलाई राहत बितरण गरेको हो। जिम हाउसका संचालक सन्तोष स्याङ्तान सहितको टोलिले प्रत्यक्ष रुपमा पिडीत परिवारको डाटा संकलन गरि राहत वितरण गर्न पुगेको हो।

पछिल्लो समय कालिका नगर क्षेत्रमा कोभिड– १९ का कारण दैनिक जिबिकोपार्जन गर्न समेत समस्यामा परेका अशक्त, असहाय र विपन्न परिवारलाई राहत सहयोग गर्दै आएका जिम हाउस संचालक स्याङ्तानले यसपटक कालिका नगरपालिकाको पहाडी क्षेत्रमा बाढी र पहिरोबाट पिडीतहरुका लागि अग्रस्थानमा रहेर सहयोग गर्दै आएका छन्। रोयल जिम हाउसको आयोजनामा बाढीपहिरो पीडितहरुका लागि गरिएको राहत बितरण कार्यक्रमको दोश्रो चरण सम्म आइपुग्दा चितवन सम्पर्क समिति द. कोरियाबाट प्राप्त सहयोगले आँफुहरुलाइ निकै ठूलो प्रेरणा मिलेको उनको भनाइ छ।


























