मुम्बई, असार २२ । बलिउडका पाश्र्वगायक उदितनारायण झाले बलिउड यात्राको ४१ वर्ष पुरा गरेका छन्। उनले सोमबार इन्स्टाग्राममा तस्वीरसहित एक पोस्ट लेख्दा आफ्नो नोस्टाल्जिकपन प्रकट गरेका छन्।
‘४१ वर्ष अघि फिल्म ‘उन्नीस बिस’मार्फत भारतीय फिल्म र संगीत उद्योगमा पाइला चालेको थिएँ। यो गीतको संगीत राजेश रोशनजीले गर्नुभएको थियो। मेरो आइडल श्री मोहम्मद रफी सा’बसँग गाउन पाउदा मेरा लागि सबैभन्दा खुशीको क्षण थियो’, उनले लेखेका छन्। उनले बलिउड यात्राको पहिलो गायनको तस्वीर पनि राखेका छन्।
उदितले बलिउडमा सन् १९८० ताका करियर सुरु गरेका थिए। यसको आठ वर्षपछि आमिर खानको फिल्म ‘कयामत से कयामत तक’ को गीतहरु ‘पापा केहते है’, ‘अकेले है’ र ‘आय मेरे हम सफर’ गाएपछि उदितले पछाडि फर्केर हेर्नु परेन।
उदितका लोकप्रिय गीतहरुमा ‘धकधक कर्ने लगा’, ‘मुझे निन्द ना आये’, ‘पेहला नशा’, ‘जादु तेरी नजर’, ‘ती चिज बडी है मस्त’, ‘क्या करेन के ना करे’, ‘हे गया है तुजको प्यार सजना’, ‘मेहन्दी लगा के रखना’, ‘आय हो मेरी जिन्दगी मे’, ‘ए अजनबी’लगायत छन्।


















![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)







