काठमाडौं, असार १८ । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ।
बालुवाटारमा जाारी केन्द्रीय कमिटी बैठकले विघटित प्रतिनिधिसभाका माधव नेपाल र झलनाथ खनालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको हो।
माधव पक्षका १५ जना प्रत्यक्ष निर्वाचित र ८जना समानुपातिक सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरी सर्वोच्च अदालतमा रिट निवेदन समेत दिएका छन्। बैठकमा महासचिव ईश्वर पोखरेलले प्रस्ताव पेस गर्दै निवर्तमान सांसदलाई २ दिनको समय दिइएको बताए। बैठकमा अध्यक्ष ओलीले पार्टीको नेता हो भन्ने तर अरु दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने र विपक्षीको हित ह’ने कार्य गर्ने कुरा स्वीकार्य नहुने बताए।
Facebook Comments



















![केपी शर्मा ओली : प्रधानमन्त्री [फाइल फोटो]](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2019/06/RoS_Ktm20190606IMG_13041073f.jpg?resize=150%2C150&ssl=1)






