चितवन, असार १७ । पूर्वी चितवनको राप्ती र कालिका नगरपालिकामा पहिरोले बगाएर दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार राप्ती– १२ को पर्खाल भन्ने स्थानमा माथिबाट पहिरो खस्दा दुई घर बगाउँदा घर भित्र रहेका चार जनालाई पहिरोले बगाएको थियो।
ती मध्ये एक जना पुरुषको शव घटना स्थलबाट ५० मीटर तल फेला परेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन।
हराएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसैगरी कालिका नगरपालिका– ११ दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङको पहिरोले पुरिएर मृत्यु भएको छ।
Facebook Comments


























