चितवन, असार १६ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५९७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालबाट निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यस्तै निको हुने संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ।
२८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो समय देशभर फेरि संक्रमित बढ्न थालेको तथ्यांकले देखाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण पुष्टि भएको हो। यसअघि मंगलबार २६३६ जनामा संक्रमण पुष्टि भएको थियो। जबकी सो दिन ११ हजार ७४८ जनाको परीक्षण भएको थियो। आज भने मंगलबारको भन्दा केही कम अर्थात ११ हजार ५६८ जनामा परीक्षण भएको मन्त्रालयले जनाएको छ।
यस्तै बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ। मृतकको संख्या ९ हजार ११२ पुगेको छ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३८ हजार ८०५ (पीसीआर) र ३४ हजार ९४४ (एन्टिजेन) जना पुगेको छ।


























