असार १३ । नायिका आलिया भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘गंगुबाई काठियावाडी’को छायांकन सकिएको छ। चलचित्रको निर्माणपक्षले मुम्बइको फिल्म सिटीमा बाँकी रहेको छायांकन पुरा गरेको हो। भारतका दोश्रो चरणको कोरोना माहामारीका कारण यो चलचित्रको एक गीत र केही दृश्यको छायांकन बाँकी रहेको थियो।
तर, भारतमा लकडाउन चलिरहेको समयमा यसको निर्माणपक्षले छायांकन सकेको हो। नायिका आलिया भट्ट र निर्देशक संजयलिला भन्सालीलाई कोरोना संक्रमण भएपछि चलचित्रको छायांकन रोकिएको थियो। यसपछि, लकडाउनका कारण फेरि समस्या उत्पन्न भएको थियो। यो चलचित्रमा नायिका भट्ट शिर्ष भूमिकामा देखिदैछिन्।
संजयलिला भन्साली यो चलचित्रको छायांकन सकिएसँगै अब वेव सिरिज ‘हिरा मन्डी’को छायांकन सुरु गर्ने तयारीमा छन्। चलचित्रमा आलियाको साथमा नायक अजय देवगणको मुख्य भूमिका छ।
Facebook Comments


























