असार १२ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सि जिनपिङबीच भिडियो लिंकमार्फत् वार्ता हुने भएको छ। चीनको विदेश मन्त्रालयले शुक्रबार यस विषयमा जानकारी दिएको छ। प्राप्त समाचारअनुसार चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले बेइजिङमा आज सो बताएका हुन्।
बेइजिङमा आयोजना भएको नियमित प्रेस भेटघाटका क्रममा प्रवक्ता हुवा चुनयिङले चीनका राष्ट्रपति जिनपिङ र रुसी राष्ट्रपति पुटिनबीच भिडियो लिंकका माध्यमबाट यही जुन २८ मा वार्ता हुने जानकारी दिए। उनीहरु बीचमा गत महिना पनि फोनमा वार्ता भएको थियो। एजेन्सी
Facebook Comments


























