इस्लामावाद, असार ७ । पाकिस्तानमा ग्रिनेड विस्फोट हुँदा तीन किशोरको मृत्यु भएको छ। खरोटावाद क्षेत्रमा बिहीबार एक माध्यामिक विद्यालय नजिकै भएको एउटा हाते ग्रिनेड विस्फोट हुँदा तीन किशोरको मृत्यु भएको हो। अरू दुई जना घाइते भएका छन्।
काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी) का अधिकारीहरूका अनुसार १३ देखि १८ वर्षका किशोरहरुको मृत्यु भएको हो। उनीहरु एक कब्रस्तानबाट फर्किएर घर जाँदै गरेको अवस्थामा विस्फोट भएको थियो। बाटोमा भेटेको उपकरण समातेर खेलाउने क्रममा विस्फोट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। एजेन्सी
Facebook Comments


























