असार ७ । अमेरिकाको आलाबामामा १८ वटा सवारी दुर्घटनामा ९ बालिकासहित १० जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। आँधी प्रभावित राज्य आलाबामामा स्थानीय समय अनुसार शनिबार अपरान्ह ती सबै सवारी साधान एकैसाथ दुर्घटना भएको बीबीसीले जनाएको छ।
बट्लर काउन्टीमा भएको दुर्घटनामा ज्यान गुमाउनेमा ९ महिनादेखि १७ वर्षसम्मका बालबालिका छन्। आलाबामामा बाढी तथा आँदीले दर्जनौँ घर क्षतिग्रस्त पनि भएका छन्। एजेन्सी
Facebook Comments


























