असार ६ । कट्टरपन्थी नेता इब्राहिम रईसी इरानको राष्ट्रपति बनेका छन्। उनी ६२ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएको बीबीसीले जनाएको छ। रईसी इरानका वरिष्ठ न्यायधीश पनि हुन्। अत्यन्तै रुढीवादी बिचारधाराका मानिने रईसीलाई अमेरिकाले प्रतिबन्ध लगाएको छ।
राजनीतिक बन्दीलाई फाँसीको सजाय दिने निर्णयमा उनको संलग्नता रहेको बताइन्छ। सन् २०१७ मा हसन रुहानीसँग राष्ट्रपति पदमा हार बेहोरेपछि ६० वर्षीय रईसीले सन् २०१९ मा न्यायालय प्रमुखको रुपमा नियुक्ती पाएका थिए।
इरानमा सर्बोच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा पर्छ। इरानका सर्बोच्च नेता हाल अयोतोल्लाह अलि खमेनी छन्। रईसीले अगष्टको पहिलो साता कार्यभार सम्हाल्नेछन्। एजेन्सी
Facebook Comments


























