असार ३ । लोकप्रिय गायक उदित नारायण झा तथा गायिका दीपा नारायण झाको वैवाहिक जीवन आजदेखि ३६ औं वर्षमा प्रवेश गरेको छ। यो सुखद अवसरमा गायिका दीपा झाले आफ्नो फेसबुकमा केही तस्बिरहरु शेयर गर्दै आफ्नो दाम्पत्य जीवनका केही झलकहरु प्रस्तुत गरेकी छिन्।
बलिउडका सयौं चलचित्रका हजारौं लोकप्रिय गीत गाएका गायक उदित नारायण झाले थुप्रै लोकप्रिय नेपाली गीत पनि गाएका छन्। गायिका दीपा झालो पनि दर्जनौं नेपाली गीतमार्फत दर्शक तथा स्रोताका मन जित्दै आएकी छिन्। उदित र दीपाक छोरा आदित्य नारायण बलिउडका स्थापित कलाकार हुन्।
पछिल्लो पटक उनी ईन्डियन आइडलको उद्घोषको रुपमा लोकप्रिय छन्। उदित र दीपालाई वैवाहिक जीवनको सफलताको शुभकामना।
Facebook Comments


























