चितवन, जेठ ३० । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ९४ कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। खोप अभियान सुरु भएको र निषेधाज्ञा कार्यान्वयनमा कडाइ गरेसँगै पछिल्लो समय कोरोना भाइरसको संक्रमणदर घट्दै गएको छ।
यस्तै, दुई हजार ४ सय ७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पीसीआर विधिबाट एक हजार ६९४ र एन्टीजेन परीक्षणबाट सात सय १३ गरी जम्मा दुई हजार ४०७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन्।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
Facebook Comments


























