काठमाडौँ, जेठ ३० । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधज्ञा एक साता लम्ब्याउने निर्णय गएिको छ।
काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन्। काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो।
केही खुकुलो गर्दै असार १ गतेबाट लागू गर्दै एक साता थप गर्ने निर्णय भएको छ। वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो।
अब खाद्यान्न पसलहरु ११ बजेसम्म खोल्न पाइने भएको छ। अनलाइन डेलिभरी दिने, पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने र हार्डवेयर पसल अपराह्न ४ बजेपछि खोल्न पाइने भएको छ। प्रशासनले कृषि कार्य सञ्चालन गर्न दिने, भिसा लिनका लागि सहजीकरण गर्ने पनि निर्णय गरेको छ।


























