कास्की, जेठ ३० । गण्डकी प्रदेश सरकारले पूर्वमुख्यमन्त्रीलाई सेवारसुविधा उपलब्ध गराउने निर्णय गरेको छ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यमन्त्रीलाई दिने सेवा/सुविधाबारे ऐन नबनेकोले मन्त्रिपरिषद्बाट पारित गरी सेवारसुविधाको व्यवस्था मिलाउने निर्णय गरेको हो।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखेरल नेतृत्वको मन्त्रपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको हो। यस्तै, नीति तथा कार्यक्रम प्रस्तुत गरी छिटो पारित गर्नुपर्ने भएकाले मुख्यमन्त्री पोखरेलले विपक्षी दलका नेता पृथ्वी सुब्बा गुरुङसँग छलफल गरी भोलि नीति तथा कार्यक्रम पारित गर्ने निर्णय पनि गरिएको छ।
मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री कुमार खड्कालाई दिने निर्णय पनि गरेको छ।
Facebook Comments


























