दोहा, जेठ ३० । कोरोना महामारीका कारण रोकिएको साउदी अरबको रोजगारीका लागि जाने नेपाली श्रमिकको मागपत्र प्रमाणीकरण मंगलबार अर्थात् जुन १५ मा शुरू गर्ने भएको छ।
‘फ्रन्ट डेस्क’मा काम गर्ने दूतावासका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि रोकिएको माग पत्र प्रमाणीकरण मंगलबार सञ्चालनमा आउने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासका अनुसार माग पत्र प्रमाणीकरणका लागि आउँदा अब रोजगारदाता कम्पनीको ‘यूजर अकाउन्ट’मा पठाइएको माग पत्र स्वीकृति भएको म्यासेजको प्रिन्ट अनिवार्य गरिएको जनाएको छ।
दूतावासबाट प्रमाणीकरणको छाप लगाउँदा रोजगारदाता कम्पनीले अब अनलाइन प्रणालीमा अपलोड गरेकै कागजात दूतावासले नै प्रिन्ट गरी त्यसमा नै छाप लगाइदिने पनि दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
Facebook Comments























