जेठ २५ । कोभिड महामारीको समयमा फिल्म निर्माताहरुले ठूलो नोक्सानी व्यहोर्नु परिरहेको छ। यो समयमा कम फिल्म रिलिज भए र केही अपवादबाहेक फिल्मले लगानी उठाए। लगानी उठाएका फिल्मको समानता के छ भने ती फिल्ममा ठूला स्टारको अभिनय छ।
अभिनेता विन डिजललाई हलिउडको सलमान खान नै भनिन्छ। जसको अभिनयबाट विश्व नै प्रभावित छ। विनले कोरोना महामारीमा आफ्नो ‘फास्ट एण्ड फ्यूरियस ९’ जस्तो एक्सन फिल्म रिलिज गरे। यो सिरिजमा विनको गाडीको एक्सन निकै चर्चामा छ।
मे १९ मा ग्लोबल मार्केटमा रिलिज भएको यो फिल्मले चीनमा बम्पर कमाई गरेको छ। यो फिल्ममा निर्माताले करिब २ सय मिलियन डलर लगानी गरेका छन्। फिल्मले हालसम्म बक्सअफिसमा २ सय ५० मिलियन बढी कमाइ गरिसकेको छ। फिल्मले थिएटरमा २ सय ५५ दशमलब ७६ मिलियनको कमाइ गरेको छ। जसमध्ये २ सय ३ मिलियन रुपैंयाँ चीनको कलेक्सन हो।
फिल्मलाई निर्माताले जुन २५ मा अमेरिकी बजारमा रिलिज गर्दैछन्। फिल्मले विश्वव्यापी सफलता पाइरहँदा आन्तरिक बजारमा पनि उस्तै सफलता पाउने व्यापार विश्लेषकको बुझाई छ।
फिल्मको समीक्षाको कुरा गर्दा समीक्षकले राम्रो समीक्षा दिएका छैनन्। यो फिल्मलाई सिरिजकै सबैभन्दा कमजोर फिल्म मानेका छन्। एजेन्सी


























