चितवन, जेठ २३ । नेपालमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ६ हजार ६३६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएकाछन्।
यस्तै, थप ३ हजार ४७९ संक्रमित जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४७१ पीसीआर परीक्षणबाट ३ हजार २४ र ३ हजार २६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३ हजार ४७९ जना कोरोना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा थप ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
Facebook Comments


























