काठमाडौं, जेठ २३ । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई बर्खास्त नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश डाक्टर कुमार चुडालको एकल इजलासले जनमोर्चाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
जनमोर्चाले पार्टीको निर्देशन नमानेको भन्दै सांसद थापालाई सांसद पदसहित पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको थियो। गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका उनले आफ्नो सांसद पद यथास्थितिमा रहनुपर्ने मागसहित अदालतमा रिट दायर गरेका थिए।
आदेशबारे जानकारी दिदै सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले निवेदकले मागेअनुसारको आदेश भएको बताए। सर्वोच्चले कारबाही गरिएको विषयमा जवाफ दिन समेत आदेश दिएको छ।
Facebook Comments


























