चितवन, जेठ १६ । गत २४ घण्टाभित्र ६ हजार २०५ जना कोरोना संक्रमणमुक्त भएकाछन्। देशभरका विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसन सेन्टर र होम आइसोलेसनमा बसेका उनीहरु संक्रमणमुक्त भएका हुन्।
यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या चार लाख ४० हजार ९५५ पुगेको छ। कोरोना संक्रमणबाट मुक्त हुने दर ७९.२ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९८६ जनाको पीसीआर परीक्षणमा ३ हजार ७०२ र १७८४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६६७ जना गरी कुल ६ हजार ९३९ जना कोरोना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।


























