चितवन, जेठ १५ । पछिल्लो २४ घण्टामा ६ हजार ८० जना कोरोना सङ्क्रमित निको भएका छन्। योसँगै देशभर कोरोना निको हुनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको छ।
गएको २४ घण्टामा १४ हजार ७ सय ५२ जनाको नमुना परीक्षण गर्दा ४ हजार ४ सय ८७ जनामा सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थपिएका सहित कोरोना सङ्क्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ।
मन्त्रालयका अनुसार थप १ सय १६ जनाको सङ्क्रमणबाट ज्यान गएको छ। अहिलेसम्म कोरोना सङ्क्रमणबाट ७ हजार १ सय ६३ जनाले ज्यान गुमाएका छन्। अहिले देशभर १ लाख १५ हजार ५ सय ९ जना सक्रिय सङ्क्रमित रहेका छन्।
Facebook Comments


























