काठमाडौं, जेठ १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारी गरेकी छिन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले तीन वटा अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपतिले आर्थिक अध्यादेश, विनियोजन र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
जेठ १५ गते संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। प्रतिनिधिसभा विघटन भएपछि अध्यादेशमार्फत बजेट ल्याउन लागिएको हो। अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारबाट आज दिउँसो ४ बजे बजेट भाषण प्रस्तुत गर्नेछन्।

Facebook Comments


























