चितवन १४ जेठ । केही दिनयता लगातार परेको वर्षाले चितवनको भरतपुर क्षेत्रमा डुबानको संभावना बढ्दै गएको छ। लामो समयसम्मको खडेरीपछि केही दिनयता लगातार वर्षा भएपछि भरतपुरको केन्द्रीय बसपार्क क्षेत्रको सडक पूरै जलमग्न भएको छ। गतवर्ष पनि लामो समयसम्म झरी पर्दा भरतपुर महानगरपालिकाको वडा नम्बर ११, १२ र १० मा डुबान परेको थियो। बस्ती नै डुबानमा परेपछि सम्बन्धित वडाले पानीको निकास दिन पुरिसकेको पुरानो नहर खनेर पानी पास गरेको थियो।
पानी सुकेपछि ती नहर पुरेपछि पुनः डुबानको सम्भावना बढ्दै गएको हो। यी तीनवटा वडामा भएको डुबानको असर केही दिनपछि वडा नम्बर ९ र ७ मा समेत पर्दछ। देशैभर परिरहेको झरी अझै केही दिन जारी रहने मौषम तथा पूर्वानुमान महाशाखाले जनाएको छ, जसकारण बाढी र डुबानको सम्भावना रहेको क्षेत्रमा सतर्कता अपनाउन पनि विभागले सूचना जारी गरिसकेको छ। केही दिनयता परेको झरीका केही दृश्य यहाँ समेट्ने प्रयास गरेका छौँ।
लगातार न्युजको लागि विनोद अनुजद्वारा कैद गरिएका केही तस्बिर हेर्नुहोस्ः





































