काठमाडौँ ०८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि मध्यरातमा प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ। पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठक बस्न लागेको जानकारी गराए पनि बैठकमा प्रस्तुत हुने एजेन्डाबारे भने आफू अनभिज्ञ रहेकाे जानकारी दिए। बैठक केहीवेरमा सुरु हुँदैछ।
Facebook Comments


























