काठमाडौं, जेठ ७ । विपक्षी दलहरु संविधानको धारा ७६ (५ं) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्। जसमा नेकपा एमालेका माधव नेपाल पक्षका २७ सांसदको पनि हस्ताक्षर रहेको बताइएको छ।
तर, माधव नेपाल पक्षका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, नारायण खतिवडा, गणेश पहाडी र जय कुमार राईले भने आफूहरूको हस्ताक्षर दुरूपयोग भएको बताएका छन्। उनीहरुले यसमा आफ्नो हस्ताक्षर संलग्न नरहेको र हस्ताक्षरको दुरुपयोग गरिएको जनाएका हुन्।
Facebook Comments


























