काठमाडौं, जेठ ७ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सिंहदबारमा बैठक शुरु भएको छ। बैठकमा जसपाको अध्यक्ष उपेन्द्र यादव पक्ष र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी भएका छन्।
केहीबेरअघि शुरु भएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ नेता नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।
बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव, डाक्टर बाबुराम भट्टराई र नेता महिन्द्र राय यादव समेत कांग्रेस संसदीय दलको कार्यालयमा पुगेका छन्। छलफलमा बहुमतको विकल्प दिनेबारे पनि छलफल भइरहेको बताइएको छ।
Facebook Comments


























