चितवन, जेठ ५ । विश्वमा अहिलेसम्म १४ करोड ५० लाख १६ हजार ४५७ जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन्। यो समाचार तयार पार्दासम्म विश्वमा संक्रमितको संख्या १६ करोड ४८ लाख ८० हजार ६१६ पुगेको छ। बितेको २४ घण्टामा ६ लाख ८ हजार ४६५ संक्रमित थपिएका छन्।
सोही अवधिमा १३ हजार ८३३ को मृत्यु भएको छ। योसँगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४ लाख १८ हजार ५५ पुगेको छ। विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ६४ लाख ४६ हजार १०४ छ। जसमध्ये १ लाख ८२५ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।
विश्वमा सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिमामा संक्रमित संख्या ३ करोड ३७ लाख ७४ हजार ९४५ पुगेको छ। बितेको २४ घण्टामा २७ हजार ५०६ संक्रमित थपिएका छन्। सोही अवधिमा ७३३ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म अमेरिकामा कोरोनाकै कारण मृत्यु हुनेको संख्या ६ लाख १ हजार ३३० पुगेको छ।
कोरोना भाइरस संक्रमण तीव्र बनेको भारतमा संक्रमण दर क्रमशः घट्न थालेको छ। केही दिन चार लाखभन्दा बढी संक्रमित थपिएको भारतमा अहिले क्रमशः संक्रमितको संख्या घट्दै गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
कोरोना भाइरसको तथ्यांक अपडेट गरिरहेको वल्डोमिटर्सका अनुसार बितेको २४ घण्टामा भारतमा २ लाख ६७ हजार १७४ जनामा संक्रमण थपिएको छ। सोही अवधिमा ४ हजार ५२५ नागरिकले ज्यान गुमाएका छन्।
यो समाचार तयार पार्दासम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड ५४ लाख ९५ हजार १४४ पुगेको छ। त्यस्तै अहिलेसम्म २ लाख ८३ हजार २७६ जनाको ज्यान गएको छ।
अहिलेसम्म भारतमा २ करोड १९ लाख ७९ हजार ७०३ जना कोरोना संक्रमणमुक्त भएका छन्। ३२ लाख ३२ हजार १६५ जना सक्रिय संक्रमित छन् । उनीहरूमध्ये ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।


























