चितवन, जेठ १ । विश्वभर १४ करोड १४ लाखभन्दा धेरै व्यक्ति कोरोना संक्रमणमुक्त भएकाछन्। पछिल्लो २४ घण्टामा ७ लाख ७८ हजार ७१५ जना संक्रमणमुक्त भएका छन्। २४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा झण्डै एक लाखले धेरै हो।
पछिल्लो विवरणसँगै विश्वभर संक्रमण संक्रमणमुक्त हुनेको संख्या १४ करोड १४ लाख ४८ हजार ९६३ पुगेको छ। कुल संक्रमितको आधारमा निको हुने दर ८७.०३५ प्रतिशत हो।
यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ९० हजार ६६४ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै विश्वभर संक्रमितको संख्या १६ करोड २५ लाख २० हजार ६४९ पुगेको छ।
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७६ लाख ९९ हजार १७६ छ। यसमध्ये १ लाख ३ हजार ६२७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ।
यस्तै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३३ लाख ७० हजार ७५४ पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ५०३ जनाको मृत्यु भएको छ। कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ। हालसम्म अमेरिकामा पाँच लाख ९९ हजार २९९ जनाको मृत्यु भएको छ।
यसैगरी ब्राजिलमा ४ लाख ३२ हजार ७८५ जनाको मृत्यु भएको छ। दोस्रो लहरको अति प्रभावित मुलुक भारतमा २ लाख ६६ हजार २२९ जनाको मृत्यु भएको छ।
यस्तै रूसमा १ लाख १५ हजार ११६ जना, बेलायतमा १ लाख २७ हजार ६६८ जना, फ्रान्समा १ लाख ७ हजार ४२३ जना, इटालीमा १ लाख २३ हजार ९२७ जनाको मृत्यु भएको छ।


























