चितवन ३० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओलीलाई नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सबैभन्दा बढी सदस्यहरु भएको दल नेकपा एमालेको संसदीय दलको नेतासमेत रहेका ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए। बिहीबार राति ९ बजेसम्म प्रधानमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि कसैको पनि दाबी पेश हुन नआएपछि राष्ट्रपतिले नेपालको संविधानबमोजिम पुनः ओलीलाई नै प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।

Facebook Comments


























