काठमाडौं, बैशाख २५ । नेपाली कांग्रेसको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रतिनिधिसभामा राख्न लागेको प्रस्ताव असफल बनाउने निर्णय गरेको छ।
शनिबार नयाँ बानेश्वरस्थिति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको कांग्रेस संसदीय दलको बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णयलाई अनुमोदन गरेको हो।
‘बैठकले प्रतिनिधिसभामा प्रधानमन्त्रीले राख्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ’, बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले भने।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गतेका लागि प्रतिनिधिसभाको बैठक आह्वान भएको छ। त्यस्तै, कांग्रेसले विश्वासको मतको विपक्षमा मत दिन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई आग्रह गरेको उनले जानकारी दिए।
यस्तै, बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गरेको छ।


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







