चितवन, बैशाख २५ । पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा राप्ती नगरपालिका–६ का ३३ वर्षीय उमेश राई रहेका छन्।
उनलाई बाघले यही वैशाख २४ गते भैँसी चराउने क्रममा प्यारीढाप भन्ने स्थानमा आक्रमण गरेको थियो। आक्रमणबाट घाइते भएका राईलाई राति १० बजेर २५ मिनेटमा पुरानो मेडिकल कलेजमा ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते राईको अवस्था मध्यम रहेको छ। रासस
Facebook Comments


























