काठमाडौं, बैशाख २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। बैठकबारे खबर आएको जानकारी दिँदै एक मन्त्रीले बैठकका अजेन्डाबारे आफूलाई जानकारी नभएको बताए।
समान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्छ। तर विशेष निर्णय लिनुपर्दा जुनसुकै दिन पनि बैठक बोलाउने गरिएको छ।
पछिल्लो केही दिनदेखि विकसित राजनीतिक घटनाक्रम हेर्दा आजको आकस्मिक बैठकले कुनै ठोस निर्णय गर्न सक्ने अनुमान गरिएको छ। आगामी २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने तयारी गरेका छन् भने आइतबार संवैधानिक परिषदको बैठक बोलाएका छन्।
Facebook Comments


























