चितवन, बैशाख २५ । कोरोना भाइरसको संक्रमण बढेपछि ६२ जिल्लामा निषेधाज्ञा जारी भएको छ। वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ६२ जिल्लामा पुगेको छ। त्यसमध्ये ५० जिल्लामा पूर्ण र १२ जिल्लामा आंशिक आदेश जारी भएको छ। अब १५ जिल्ला मात्र खुला छन्।
शनिबार साँझसम्म ६२ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ। पछिल्लो पटक निषेधाज्ञा गरिएको जिल्लामा रौतहट र संखुवासभा थपिएका छन्।
निषेधाज्ञाभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ। अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।
Facebook Comments


























