चितवन, बैशाख १६ । चितवन राष्ट्रिय निकुञ्जमा आज एक भाले गैँडा मृतावस्थामा भेटिएको छ। निकुञ्जको बुढीराप्ती क्षेत्रमा अन्दाजी ३० वर्षको गैँडा मृत भेटिएको हो। उक्त गैँडाको खुर, खाग सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए। यससँगै चालु आर्थिक वर्षमा ३१ गैँडा मरेका छन्। जसमध्ये चार चोरी शिकारीले र २७ वटा प्राकृतिक कारणले मरेका हुन्। रासस
Facebook Comments


























