काठमाडौं, बैशाख १५ । कोरोना परीक्षणसमेत गरेर बुधबार बस्ने गरी बोलाइएको कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। महामन्त्री पूर्णबहादुर खड्काले बढ्दो कोरोना संक्रमण महामारीका कारण आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित गर्ने निर्णय भएको जानकारी दिए।
समसामयिक राजनीति, पार्टीको १४औँ महाधिवेशन, क्रियाशील सदस्यतालगायत विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको थियो। यसअघि सोमबारका लागि बोलाइएको बैठक कोरोना संक्रमण बढेको भन्दै परीक्षण गरेर मात्रै बस्ने गरी बुधबारका लागि स्थगित भएको थियो।
मंगलबार कांग्रेसले सबै नेता र कर्मचारीको कोरोना परीक्षण गराएको थियो। तर, अन्तिम समयमा कोरोनाकै कारण देखाउँदै बैठक स्थगित भएको छ। अर्को बैठक कहिले बस्ने भन्ने पछि जानकारी गराइने महामन्त्री खड्काले जानकारी दिए।
Facebook Comments

























