काठमाडौं, बैशाख १३ । काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच सहमति भएको छ। उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले यहि बैसाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार निषेधाज्ञामा के गर्न पाइने र के गर्न नपाइने भन्ने खाका तयार भइरहेको छ। खाका तयार भइसकेपछि गृहसचिव महेश्वर न्यौपानेसँग छलफल गरेर निर्णय सार्वजनिक गर्ने तयारी प्रजिअहरुको रहेको बताइएको छ।
यसबारे विस्तृत निर्णय गर्न अहिले गृहमन्त्रालयमा छलफल चलिरहेको गृहप्रवक्ता जनकराज दाहालले बताए।
Facebook Comments


























