बैशाख १२ । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेको छ। यसैबीच भारतमा स्यानिटाइजर पिएर ७ जनाको ज्यान गएको छ। भारतिय मिडियाका अनुसार भारतको महाराष्ट्रमा रहेको यवतमालमा स्यानिटाइजर पिएर ७ जनाले ज्यान गुमाएका हुन्।
त्यहाँको प्रहरी अनुसार ज्यान गुमाएका उनीहरुले मदिरा नपाएपछि स्यानिटाइजर पिएका हुन्। स्यानिटाइजर पिएका उनीहरुको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।
उनीहरुको अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। मदिराको लत लागेका उनीहरुले पसल बन्द भएपछि स्यानिटाइजर पिएका हुन्। स्यानिटाइजर पिएका दत्ता लांजेवार र नूतन पाथकरलाई छातिमा समस्या देखिएको थियो। अस्पताल भर्ना भएको केही समयमा उनीहरुको ज्यान गएको जनाइएको छ। एजेन्सी
Facebook Comments


























