काठमाडौं, बैशाख ९ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार दिउँसो फेरि मेरियट होटलमा वार्ता भएको छ। नेताहरु वार्ता सकेर होटलबाट बाहिरिएका छन्।
वार्तामा दुई नेताहरुबीच के कुराकानी भयो भन्नेबारे थाहा हुन सकेको छैन। राजधानीको नक्सालस्थित मेरियट होटलमा यसअघि बुधबार पनि दुई नेताहरुबीच वार्ता भएको थियो। ओली र नेपाल दुवैजना होटलबाट प्रसन्न मुद्रामा बाहिर निस्केका थिए।
पछिल्लो समय नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ। पार्टी अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरुलाई धमाधम कारबाही गरिरहेका छन्। नेपाल–खनाल समूहले भने देशभर पार्टीका समानान्तर कमिटीहरु गठन गरिरहेको छ। बिहीबार नै माधव नेपाल र झलनाथ खनालसहित उनी पक्षीयका नेताहरुले अध्यक्ष ओलीलाई स्पष्टीकरण बुझाएका छन्।
Facebook Comments


























