काठमाडौं, चैत्र ३० । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराजको चितवनमा निधन भएका कारण बैठक स्थगित गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।
आजको बैठकमा क्रियाशील सदस्यता वितरण तथा नविकरणको तथ्यांक केन्द्रमा पठाउने समय थपबारे छलफल गर्ने लगायतका एजेण्डा थियो। अर्को बैठक तय भएको छैन।
Facebook Comments


























