काठमाडौं, चैत्र ३० । पार्टीको १४ औं महाधिवेशनको आन्तिरिक कार्यतालिका परिवर्तनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो दुई बजे बस्ने बैठकमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि थप्न प्रस्ताव पेस गर्ने तयारी छ।
यसअघि जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटक(पटक थप्दै आएको कांग्रेसमा पुनः थप्ने तयारी भएको हो। यसअघि बनाइएको कार्यतालिकाअनुसार जिल्लाले नयाँ क्रियाशील सदस्यता र नवीकरणको सूची केन्द्रमा पठाउने अवधि यही चैत ३० गते (आज) सम्म तोकिएको छ। त्यो समयमा काम पूरा हुने सम्भावना नरहेपछि थप्न लागिएको हो।
Facebook Comments


























