चितवन, चैत्र २३ । मनकामना केबुलकार चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ। केबुलकारको स्तरोन्नतीको पहिलो चरणको काम गर्न ६ दिन केबलकार बन्द हुन लागेको हो। उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुने जनाइएको छ।
मर्मत सम्भार पश्चात चैत्र ३१ गतेदेखि पुनःनियमित रुपमा सञ्चालन हुने मनकामना दर्शन प्रा।लि। ले जनाएको छ।
Facebook Comments


























