चैत्र १७ । चीनले हङकङको चुनावी प्रणालीलाई नियन्त्रित गर्ने उद्देश्यसहित ल्याएको कानून पारित गरेको छ। योसँगै चीनले हङकङको इलेक्टोरल नियममा विभिन्न परिवर्तन गरेको छ। हाल पारित गरेको नयाँ कानूनले हङकङमाथिको चिनियाँ नियन्त्रण थप बलियो बन्ने सरकारी सञ्चारमाध्यमले बताएको छ।
हङकङमा ‘राष्ट्रवादी’हरु मात्रै चुनाव लड्न पाउने नियमसहितको कानून चीनले ल्याएको हो। यसको अर्थ सांसदसहितका पदमा उठ्न चाहनेले पहिले चीनप्रतिको आफ्नो बफादारिता पुष्टि गर्नु पर्ने छ।
यसले प्रजातन्त्रको अन्त्य हुने भन्दै विपक्षीले आलोचना गरेका छन्। गएको मार्चमा नेशनल पिपुल्स कंग्रेस ९एनपिसी० को क्रममा संसदले यसलाई पारित गरेको थियो। एनपिसी स्थायी कमिटिले पारित गरेको हो।
चीनले हङकङमा कडा सुरक्षा कानून लागु गरेपछि चुनावी प्रणालीमा पनि परिमार्जन गर्न खोजेको हो। एक देश, दुई प्रणालीको सहमति उल्लंघनको क्रममा चीन रहेको आलोचकले बताएका छन्। एजेन्सी


























