काठमाडौं, चैत्र ६ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेकपा एमालेको भोलिको केन्द्रीय कमिटी बैठकमा सबै उपस्थित हुनुपर्ने बताएका छन्। भोलिका लागि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन्।
आज ललितपुरमा आयोजित अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै नेता गौतमले अध्यक्ष ओलीविरुद्ध संघर्ष गरिरहेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहिताका नेताहरु पनि भोलिको बैठकमा उपस्थित हुनुपर्ने बताए।
उनले भने, ‘अब केन्द्रीय कमिटी बैठकबाटै लडाइँ गर्नुपर्छ । बैठकमा सबै सहभागी भएर खबरदारी गर्ने बेला यही हो।’
उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओली र वरिष्ठ नेताहरु नेपाल र खनाल दुवै दोषी रहेको बताउँदै सामूहिक रुपमा बैठकबाटै समस्या हल गर्नुपर्ने बताएका छन्।
Facebook Comments


























