काठमाडौं, चैत्र ६ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यही संसद्बाट समाधान खोज्न सरकार बाध्य भएको बताएका छन्। सरकारको तर्फबाट प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले ताजाजनादेशमा जान खोजे पनि अदालतले यही संसद्बाट समाधान खोज्न आदेश गरेको बताएका हुन्। उनले पुनस्थापित संसद्को सुरुवाती बैठकहरुले सकरात्मक संकेत नगरेको पनि बताए।
‘फागुन ११ को सर्वोच्च अदालतको संवैधानिक इजालसको फैसालपछि संसद पुनस्स्थापित भएको छ। हाम्रो पार्टी संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्छ,’ उनले भने, ‘सरकारको एउटा दृष्टिकोण थियो ताजा जनादेश उपयुक्त हुन्छ भन्ने। तर, सर्वोच्च अदालतले त्यसो गर्न नहुने निष्कर्ष निकालेको छ। अब हामीले यही संसदबाट राजनीतिक स्थायीत्वको लागि समाधान खोज्न हामीलाई बाध्यतात्मक अवस्था सिर्जना भएको छ। ’
उनले एसिड आक्रमण सम्बन्धी अध्यादेश पेश गर्न सरकारलाई संसद्मा अवरोध गरिएको उनको आरोप छ। उनले अध्यादेश टेबल गर्न नपाएको भन्दै अन्य दलप्रति आक्रोश पोखे। सर्वोच्चको फैसलामा हार बेहोरे पनि स्वीकार गरिएको उनको भनाइ छ।


























