काठमाडौं, चैत्र ५ । सत्तारुढ नेकपा एमालेको नेपाल-खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदैछ। ललितपुरको सानेपास्थित एक होटलमा जारी भेला आज साँझ ५ बजे सकिँदै छ। पार्टीमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पेलेर एकलौटी रुपमा अगाडि बढेको भन्दै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल पक्षधरहरुले भेला आयोजना गरेका हुन्।
भेलाले उक्त समूहको आगामी रणनीति पनि तय गर्ने तयारी छ। भेलाले तीन महिने अभियान लिएर तल्लो तहसम्म जाने कार्यक्रम पारित गर्ने तयारी भएको छ। भेलामा २ हजार हाराहारी नेता कार्यकर्ता सहभागी भएका छन्।
फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार नेकपा एमाले २०७५ को जेठ २ को अवस्थामा फर्कनु पर्ने अडानमा खनाल(नेपाल समूह छ। ओलीले फागुन २८ मा गरेको केन्द्रीय कमिटी पुनर्गठन, नेताहरूको जिम्मेवारी हेरफेरलगायतका निर्णय सच्चिनु पर्ने बताउँदै आएको छ। तर, त्यसका लागि खनाल(नेपाल समूह बैठकमा सहभागी हुनुपर्ने ओली पक्षको अडान छ।


























