काठमाडौं, फागुन २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।
देउवा निवास बुढानीलकण्ठमा नेताद्वय देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो। भेटमा उनीहरुबी आगामी सरकार समीकरण र प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने नल्याउने विषयमा छलफल भएको जनाइएको छ ।
उनीहरुबीच अबको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको जनाइएको छ। माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकेर अध्यक्ष प्रचण्ड छलफलका लागि देउवा निवास बुढानिलकण्ठ पुगेका थिए।
मंगलबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले नयाँ सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा०सँग वार्ता गर्ने निर्णय गरेको थियो।
Facebook Comments


























