काठमाडौं, फागुन २२ । दुई खेमा विभाजन भएका नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का सांसद अबको प्रतिनिधिसभा बैठकमा भने सत्तापक्षकै बेन्चमा बस्ने भएका छन्।
औपचारिक रुपमा दल विभाजन भइनसकेकाले नेकपाका दुवै खेमा (ओली समूह र प्रचण्ड–नेपाल समूह) लाई सत्तारुढ दल कै बेच्नमा देखिने भएको हो। बैठकमा नेकपाका सबै सांसदलाई सत्तापक्षकै बेन्चमा राखिने संसद् सचिवालयले जनाएको छ।
संसदमा सत्तापक्ष, प्रतिपक्षी र मन्त्रीलाई तीनवटा सेटमा छुट्याइएको हुन्छ। नेकपाका कानूनी रुपमा विभाजन नभएकाले सबै सांसद सत्तापक्षकै बेन्चमा बस्नु पर्ने भएको हो। राष्ट्रिय सभाको बैठकमा पनि एकै ठाउँमा बस्ने व्यवस्था गरेको सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए।
Facebook Comments


























