फागुन २१ । न्यूजिल्याण्डको उत्तरी टापुमा ७ दशमलव ३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
शुक्रबार स्थानीय समयअनुसार बिहान २ बजेर २७ मिनेटमा भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु अकल्यान्डबाट ४१२ किलोमिटर दूरीमा रहेको जनाइएको छ। न्यूजिल्याण्डको राष्ट्रिय आपतकालीन प्रबन्धन एजेन्सीले शक्तिशाली भूकम्प गएको भन्दै सुनामी आउन सक्ने चेतावनी दिएको छ। र, समुद्री तटमा रहेका व्यक्तिलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ। भूकम्पपछिको क्षति विवरण भने आइसकेको छैन।
अमेरिकी भूगर्भ विभागले भने सो भूकम्पको तिव्रता ६ दशमलव ९ म्याग्निच्युड मापन गरेको छ। विभागले भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १७८ किलोमिटर टाढाको जमिनको गहिराइमा रहेको जनाएको छ। एजेन्सी
Facebook Comments














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











