बारा, फागुन १८ । वैशाख देखि अमलेखगंज- चितवन पेट्रोलियम पाइपलाइन निर्माण थालिने भएको छ। नेपाल–भारत पाइपलाइन संयुक्त अध्ययन टोलीले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइनको सम्पूर्ण तयारी पूरा गरे संगै पाईपलाईन निर्माण सुरु हुने भएको हो।
संयुक्त कार्यदलले अनुमानित लागत केही दिनकै छलफलमा टुगों लगाउने र नेपाल तथा भारत सरकारबीच हुने आपसी छलफल र समझदारी पश्चात निर्माण सुरु हुने जनाएको छ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले विस्तृत अध्ययन प्रतिवेदन तयार भैसकेको र अब बस्ने संचालक समितिको बैठकले ठोस नीतिगत निर्णय गर्ने र आयोजनाको काम सहज रुपले अगाडी बढ्ने जानकारी दिए। नेपाल आयल निगमको चितवनको लोथरमा रहेको करिब २४ बिगाह क्षेत्रफलमा १ लाख किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गरिनेछ।
Facebook Comments

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








