काठमाडौं, फागुन ९ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पेश हुने भएको छ। आइतबार बसेको प्रदेश सभाको बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पेश गर्ने निर्णय गरेको हो।
‘नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेश सभा नियमावली‚ २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको प्रदेश १ का माननीय मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव ऐ.नियमावली नियम १२९ (४ बमोजिम) पेश हुने।’ प्रदेश सभाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
आइतबारका लागि बोलाइएको प्रदेश सभा बैठकको अरु कार्यसूची नभए पनि मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावको टेबल गर्ने कार्यसूची रहेको थियो। पुस १२ गते प्रदेश १ को प्रदेशसभामा नेकपाको प्रचण्ड-नेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेपछि प्रदेशसभाका सदस्यहरु विभाजित अवस्थामा रहेका छन्।


























