विराटनग, फागुन ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले संसद विघटनसम्बन्धी मुद्दाको फैसला यही फागुन १५ गतेभित्रै आउने विश्वास दिलाएका छन्। आज विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
यो मुद्दामा अदालतले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म फैसला गर्ने पनि उनले विश्वास दिलाए। उनले अदालतले के गर्ला र? भनेर आफू कानूनको विद्यार्थी भएको नाताले नबोल्ने पनि प्रतिक्रिया दिए। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा जाने निर्णय गरेको कुरा यताउति नहुने भनेर आफूहरुलाई विश्वास दिलाएको नेम्वाङले सुनाए।
Facebook Comments


























